Caption
Caption
Caption
Caption
Caption

पछिल्लाे लेख...

भोजेन्द्र बस्नेत (२०७३ साउन ३१ गतेको कारोबार दैनिकमा प्रकाशित)

सार्वजनिक प्रशासन एवं कर्मचारीतन्त्र कुनै पनि मुलुकको अत्यन्तै महत्वपूर्ण संयन्त्र हो । सरकार फेरबदलमा पनि मुलुकको स्थायी सरकारको रुपमा रहने निजामती प्रशासन एवम् सार्वजनिक संयन्त्रको प्रभावकारिता र चुस्तदुरुस्ततामै जनताको कल्याण निर्भर रहन्छ । कर्मचारीतन्त्रको कार्यप्रभाकारितामै सरकारको सफलता अडेको हुन्छ । राज्यको उपल्लोदेखि तल्लोनीति निर्माणदेखि कार्यान्वयनसाधारणदेखि विकास प्रशासनसम्ममा कर्मचारी संयन्त्रको प्रत्यक्ष या परोक्ष संलग्नताप्राविधिक एवम् प्रशासकीय इनपुट दिनुपर्नेविज्ञताको उपयोगमार्फत् राज्यका तहमा अर्थपूर्ण प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । यसकारण कर्मचारीतन्त्रको क्षमतामै समग्र पद्दति एवं मुलुकको साख अडेको हुन्छ । कानुनस्रोतसाधनअधिकार हातमा हुने कर्मचारीतन्त्रलाई त्यसको सही ढंगले प्रयोग गर्न लगाइएन भने पद्दति समाप्त हुन्छभनसुननातावादकृपावादविकृति विसंगति बढेर जान्छ । यस्तो अवस्थामा जनकल्याण र लोकहित स्यालको कथा बन्छ अनि मुलुक कमजोरअस्थिर र गतिहिन हुन पुग्छ । सँगसँगै राज्यभन्दा गैरराज्य पक्ष हाबी हुनेजनताले कठोर दुःख पाउनेभ्रष्टाचारजन्य क्रियाकलाप बढ्नेराज्यप्रतिको अविश्वास बढेर जानेगैरकानुनी गतिविधि बढ्ने एवं उत्पादन र वितरण प्रणाली नै कब्जा हुन्छ । ‘अति भएपछि खति’ भनेजस्तै आर्थिक असमानता र पछौटेपनको निरन्तरताले अन्तत मुलुक द्धन्द्ध र बाह्य हस्तक्षेपमा फस्छ । अहिलेको नेपालको अवस्था पनि यतै कतै रुमलिएको छ । कर्मचारीतन्त्रलाई उत्पादनमुशीक्रियाशिलकामयावी र प्रभावकारी तुल्याउन भन्दै धेरै प्रयास नभएका पनि होइनन् । यद्यपि यसभित्रको समस्या आन्तरिकमात्र नभएको कारण कर्मचारीतन्त्रमाथि मात्र दोष थोपरेर चमत्कार हुनेवाला पनि छैन् । मुलुक संघीयताको संरचनात्मक तयारीमा उन्मुख भइरहेको सन्दर्भमा निम्न कुराहरुलाई ध्यान दिन सकिए कर्मचारीतन्त्रलाई प्रभावकारी तुल्याउन सकिएला कि ?

कर्मचारीतन्त्र अहिले जुन अवस्थामा छ आगामी दशकभित्र यसको क्षमता अझै ह्रास भएर जानेछ । किनकि आरक्षणका नाममा सक्षम र योग्य व्यक्तिलाई प्रवेश गर्न दिइएको छैन । आरक्षणको विरोध होइन तर कहाँ दिने भन्ने प्रश्न महत्वपूर्ण हो । शिक्षास्वास्थ्यक्षमता अभिवृद्धिमा आरक्षण दिएर सक्षम नबनाई सोझै कोटा तोकेर जागिर दिनु भनेकै गुणस्तरमा सम्झौता गर्नु हो । यसको आर्थिक भार र मार अन्ततः सेवाग्राही र जनताले नै व्यहोर्नुपर्दछ ।