'बाजे' अनि 'म' - कविता
- हलहले
लामो चौतारो माथिको घरमा
मेरा हजुरबा आँखीझ्यालबाट
बाटोतर्फ चियाउँथे
ढाक्रेहरु पसिना सुकाउन सुस्ताएको
देखेर हठात् मुस्कुराउँथे
ठेकीभरी थकथके दही बोकेर चौतारीमा
जब पुग्दथे
मनैदेखि उर्लिएको मानवताको भाव
देखेर
मुजामुजा परेका अनुहार गुलाफ झैं
फक्रन्थे
तिनले दुःख भुल्दथे, दन्त लहर स्वयं
खुल्दथे
धन्य हो हलहले माइला साधुवाद !
बाँसका चोया, पाड्का, बाबियोको
डोरीले बाँधिएका
ढाकर हुन्थे चौतारीमा लहरै, तोक्मा र खकन
छाँदिएका
बेरसिलो जिन्दगीमा दुःखका भारी
खुल्दले
पसिनाको अमिलो गन्धमा सुवास लिएर
फर्कने पवनले
अम्बकको बासना मिसेर एक झोक्कामा
सुवास छर्दथ्यो
सातुका सर्किने फाँकाहरु बुकुष्टो
पार्न खोज्थे पानीमा
मेरा बाजेको परमात्मी मनले रोक्न
खोज्दथ्यो
धर्मती छौं हलहले माइला कोटी कोटी
आशिर्वाद !
दिन ढल्किँदै जाँदा पिके डाँडोमा
सूर्यदेव टिलपिलाउँथे
शुक्र अनि चन्द्र सितलता बोकेर
तुम्से डाँडोमाथि तिलमिलाउँथे
जब झ्याउँकरीले क्याररररर झम्के
साँझ डाक्दथ्यो
नुन र भुटुनको जोहोमा हप्तौंदेखि
जारी भारी बिसाउन
ढाक्रेहरु उसैगरी चौतारोमा थाप्लो
छाम्दै अडिन्थे
पोटेधारोमा पन्थीले घटघटी तृषा
मेटाउँदा
बाजे चुचेढुंगामा टोपीले पसिना
पुछ्दै हठात् मुस्कुराउँथे
धन्य छौं हलहले माइला कोटी कोटी
आशिर्वाद !
धारोको संगीतले बटुवाको गुनगुनाहट
त्यसै बिलाउँथ्यो
अँधेरी रातमा जुनकिरी झैं जब आगो
मिल्मिलाउँथ्यो
कराईमा दाबिलो चल्दथ्यो, गुन्द्रुकले
दुःख छल्दथ्यो
वर्षायाममा भलले बनाएका
खाल्टाजस्तै गाला,
चल्दथे सपर्याक सपर्याक, निख्लाम
घुस्यौटी उक्सिन्थ्यो
पथिकको उपकारको निम्ति पाटीमै
बसेर खुवाउँथे
बाजेको खुसी फक्रिन्थ्यो, निधारमा मुजा
सुहाउँथे
धन्य छौं हलहले माइला कोटी कोटी
नमस्कार !
हम्मर, छिनो र
ट्वाकट्वाकेले पत्थरमा भाग्य खोपेर
खुर्सिङमा आशा र विश्वास बोक्दथे, निराशा बुराले
छोपेर
मर्दापर्दा नाम लिन्थे उनकै, निराकरण बन्न
स्वयं पुग्दथे
अन्याय, अत्याचारविरुद्ध
मेघ झैं गर्जन्थे, कर्मठसँग झुक्दथे
चल्तीको बाटोमा बाजेको सहृदयी
मानवताको पसलमा,
लामो चौतारोमा सुस्ताउँदथे हजारौं
उर्जाशील कर्मवीर
तिनको पसिनाको सिचाईंले, अहिले शित
बर्सिन्छ
धन्य छौं हलहले माइला कोटी कोटी
नमस्कार !
बाजे,
आफैंमा कर्म थिए
एक युगका धर्म थिए
मानवताको मर्म थिए
आत्मोत्सर्गका पर्म थिए
अनि
उनले नै मलाई भनेका छन्
नाति माथिबाट म हेर्छु
मेरो धर्म छ, तिमीहरु अरुलाई
नपिर्नु
आफ्नै सत्कर्मले मातृभूमिको ऋण
तिर्नू
यस अर्थमा म तिमीहरुको लागि खराब
छु
मानवता बेच्यौं भने ढुंगो कुटेर
सराप्छु
बाजे युग र नाति युगको अन्तरालमा
आज मैले आफैंमाथि पस्न
तेस्र्याइरहेछु
के पुर्खामाथि न्याय गर्न सके त
मैलै ?
- २०७३ भाद्र २५
दुःखी आत्मा...
(कविता टुक्रो) – हलहले
प्रकृतिसँगको
प्रवाद छोडेर शठ
कलुषित पद्दतिमा प्रलम्ब, फ्वाँय र
बकभक्त
फेत्तु र जाँघेको कालखण्डमा निष्कलंक
दिनिकामा अल्झेको छ, दुर्नाम दुङदुङ
हो,
बबिनजस्तै
दुःखको झुट्केसो अनि डहन
डङ्क बिझे झैं तबाह जिन्दगी
गुस्मताको गुह्यानमा डुबेको
निदेशको भारी बोक्ने कोत्लेगाँडो जिन्दगी
मानौं
बाघ घटेर
निगाले बन्दछ
बाजिब यही हो भन्दछ
शाणित झैं
तिख्खर दारा र नङ्ग्रा
प्रमादले गजधुम्म किरन्टोकी मनुवा
अझैं
झुँगी, दूधले नुहाएको
झैं
झरक र प्रव्रज्या चाहन्छ
फगत कौतुक दर्शाउँदछ
उसको
हियराले भ्रम देख्दैछ
पश्रयमा पश्रित छैन मनस्वी
सपनाहरु सराघौंसम्मलाई थाँती राख्याछ
भन्दैछ त्यसपछि फकिर जीवन...सेवडा जीवन...
रचना संगालोमा क्रमश...
'मित्रता'
कविता टुक्रो by – 'हलहले'
जीवनको "दमदमे' चलिरहेछ
निरन्तर
मेरो मित्रताको प्रतिबिम्ब 'ध्वान' धुरन्धर ।।
भकारो भरेली होस्, नवान्न नुवागी मासमासमा
अटल रहोस् सम्बन्ध, मित्रता फूलोस्
खासमा ।।
जीवन गति रहोस् चँदुवा टाँगे झैं सिधा
दिप्त रहून सदा सदा खुशीका समिधा ।।
मिर्मिरेको रश्मी नलिनीमा चहकिए झैं
गरिमा चुलिओस् दर्सिन ढुंगो गहकिए झैं ।।
नकस हैन मित्रता, तान थाज्या प्रतापले
थपस रहन्छ पलपलमा, मिलौं प्रेम भावले ।।
आज म छोड्दैछु मित्रताको नजराना
मित्रता दिवसको हार्दिक शुभकामना ।। (२) क्रमश...
'बाजे' अनि 'म' - कविता
- हलहले
लामो चौतारो माथिको घरमा
मेरा हजुरबा आँखीझ्यालबाट
बाटोतर्फ चियाउँथे
ढाक्रेहरु पसिना सुकाउन सुस्ताएको
देखेर हठात् मुस्कुराउँथे
ठेकीभरी थकथके दही बोकेर चौतारीमा
जब पुग्दथे
मनैदेखि उर्लिएको मानवताको भाव
देखेर
मुजामुजा परेका अनुहार गुलाफ झैं
फक्रन्थे
तिनले दुःख भुल्दथे, दन्त लहर स्वयं
खुल्दथे
धन्य हो हलहले माइला साधुवाद !
बाँसका चोया, पाड्का, बाबियोको
डोरीले बाँधिएका
ढाकर हुन्थे चौतारीमा लहरै, तोक्मा र खकन
छाँदिएका
बेरसिलो जिन्दगीमा दुःखका भारी
खुल्दले
पसिनाको अमिलो गन्धमा सुवास लिएर
फर्कने पवनले
अम्बकको बासना मिसेर एक झोक्कामा
सुवास छर्दथ्यो
सातुका सर्किने फाँकाहरु बुकुष्टो
पार्न खोज्थे पानीमा
मेरा बाजेको परमात्मी मनले रोक्न
खोज्दथ्यो
धर्मती छौं हलहले माइला कोटी कोटी
आशिर्वाद !
दिन ढल्किँदै जाँदा पिके डाँडोमा
सूर्यदेव टिलपिलाउँथे
शुक्र अनि चन्द्र सितलता बोकेर
तुम्से डाँडोमाथि तिलमिलाउँथे
जब झ्याउँकरीले क्याररररर झम्के
साँझ डाक्दथ्यो
नुन र भुटुनको जोहोमा हप्तौंदेखि
जारी भारी बिसाउन
ढाक्रेहरु उसैगरी चौतारोमा थाप्लो
छाम्दै अडिन्थे
पोटेधारोमा पन्थीले घटघटी तृषा
मेटाउँदा
बाजे चुचेढुंगामा टोपीले पसिना
पुछ्दै हठात् मुस्कुराउँथे
धन्य छौं हलहले माइला कोटी कोटी
आशिर्वाद !
धारोको संगीतले बटुवाको गुनगुनाहट
त्यसै बिलाउँथ्यो
अँधेरी रातमा जुनकिरी झैं जब आगो
मिल्मिलाउँथ्यो
कराईमा दाबिलो चल्दथ्यो, गुन्द्रुकले
दुःख छल्दथ्यो
वर्षायाममा भलले बनाएका
खाल्टाजस्तै गाला,
चल्दथे सपर्याक सपर्याक, निख्लाम
घुस्यौटी उक्सिन्थ्यो
पथिकको उपकारको निम्ति पाटीमै
बसेर खुवाउँथे
बाजेको खुसी फक्रिन्थ्यो, निधारमा मुजा
सुहाउँथे
धन्य छौं हलहले माइला कोटी कोटी
नमस्कार !
हम्मर, छिनो र
ट्वाकट्वाकेले पत्थरमा भाग्य खोपेर
खुर्सिङमा आशा र विश्वास बोक्दथे, निराशा बुराले
छोपेर
मर्दापर्दा नाम लिन्थे उनकै, निराकरण बन्न
स्वयं पुग्दथे
अन्याय, अत्याचारविरुद्ध
मेघ झैं गर्जन्थे, कर्मठसँग झुक्दथे
चल्तीको बाटोमा बाजेको सहृदयी
मानवताको पसलमा,
लामो चौतारोमा सुस्ताउँदथे हजारौं
उर्जाशील कर्मवीर
तिनको पसिनाको सिचाईंले, अहिले शित
बर्सिन्छ
धन्य छौं हलहले माइला कोटी कोटी
नमस्कार !
बाजे,
आफैंमा कर्म थिए
एक युगका धर्म थिए
मानवताको मर्म थिए
आत्मोत्सर्गका पर्म थिए
अनि
उनले नै मलाई भनेका छन्
नाति माथिबाट म हेर्छु
मेरो धर्म छ, तिमीहरु अरुलाई
नपिर्नु
आफ्नै सत्कर्मले मातृभूमिको ऋण
तिर्नू
यस अर्थमा म तिमीहरुको लागि खराब
छु
मानवता बेच्यौं भने ढुंगो कुटेर
सराप्छु
बाजे युग र नाति युगको अन्तरालमा
आज मैले आफैंमाथि पस्न
तेस्र्याइरहेछु
के पुर्खामाथि न्याय गर्न सके त
मैलै ?
- २०७३ भाद्र २५
दुःखी आत्मा...
प्रकृतिसँगको प्रवाद छोडेर शठ
हो,
बबिनजस्तै दुःखको झुट्केसो अनि डहन
मानौं
बाघ घटेर निगाले बन्दछ
शाणित झैं तिख्खर दारा र नङ्ग्रा
अझैं
झुँगी, दूधले नुहाएको झैं
उसको हियराले भ्रम देख्दैछ
‘जीवनको भेद’
- हलहले
पुस माघको ठिहीमा तप्प चुहिनै लागेको काठमाडौं
विद्युतीय पाटपूर्जामा जस्तो थुपारिएको संरचनाभित्र
चारकुने बाक्सामा तानाबाना बुन्दै घोत्लिरहेछ मनुवा
एउटा झ्यालको प्वालबाट संसार चियाउन खोज्दैछ
तर पल्लो घरको भित्तोबाहेक आकाशसम्म देख्न सक्दैन ।। २
जब घडीचरो प्रकृतमय धुनमा पहिलो डाको फलाक्छ
झटपट ब्यूँझेर दैनिकीमा अग्रसर हुने जीवन हो गाउँले
रवी टुप्लुक्क सखारै नयन ओच्छ्याउँदै टिल्पिलाउँदा
एक मेलो निमिट्यान्न पारि सक्ने कर्मयोगीको बाहूल्य
दिन ढलेपछि चटपटाउँछ शहरिया, भित्तोबाहेक केही देख्दैन ।। २
आहत र विषमताको दनदनाउँदो रापसँग पौंठेजोरी खेल्दैछ
फिलुंगो छुटाउने समय र परिस्थितिका चड्कन झेल्दैछ
जीवन भोगाई ठीक उल्टो छ, अनि दुवैतिर निरस छ
उसका लागि परिश्रम र सत्कर्म कै फल गोरस छ
छक्कालमा हाइ काढछ खान्दानी, भित्तोबाहेक संसार देख्दैन ।। २
लेकबेंसी, उकाली ओरालीमय दिनचर्या बाध्यता छ त्यता
फलामको साहरामा मसल तन्काउँने कस्तो रहर यता
दुई खुट्टाले संसार भ्याउँदैछ, अनुपम प्राकृतिक छटा चियाउँदैछ
ख्यार्र ख्यार्र दुई पांग्रेको वैशाखीमा यता जीवन घिच्याउँदैछ
झूठ र भ्रमको खेतीमा दगुर्छ तर कोठाको भित्तोबाहेक केही देख्दैन ।। २
पसिनाको आहालमा जीवन चोबल्दा चोबल्दा सँधै निथ्रुक्क हुने ऊ
छितिजसम्म नित्य नजर फिँजाएर जीव प्रेमकै ध्वनि सुनिरहन्छ
यता अन्धकार कोठामा खुराफात र तानाबाना बुनिरहन्छ
उसैको रगत र पसिना डल्लो बनाएर मुखबाट दिनहु निल्छ
लुब्धतामा अन्धताको पट्टी बाँधेर कालो कर्तुत गर्नेसँगै मिल्छ
दलालीको मति लिएर पनि यो भित्तोबाहेक केही देख्दैन ।। २
ऊ मातृभूमिको ऋण चुकाउन संघर्षको पहाड चढदैछ
यो मातृभूमिकै शिर झुकाउन दासतामा अघि बढ्दैछ
ऊ खेतबारीमा फूलेको लहलहाउँदो बाली टिप्न थैलो थाप्छ
लुब्ध चरित्रको यो मोजमस्तीका लागि पनि भिख माग्छ
छोड्नुर्ने संसार पनि नचिन्ने यो भित्तोबाहेक केही देख्दैन ।। २
कलकल अमृत लिन जलभण्डारमा जब उता भेटिन्छ
कलंकको ओस चाटेरै यता काकाकुलीन प्यास मेटिन्छ
धन, दौलत, दासतामा टिक्नुछ, उस्तै छ मनस्थिति दरिद्र
दाज्न योग्य छँदै छैन वनावटी र वास्तविक चरित्र
पैसासँग पर्यायवाची यो भित्तोबाहेक केही देख्दैन ।। २
रगत जम्ने कक्रके ठण्डीमा गति छोडेर निर्बस्त्र हुनसक्ने यो
इमानको तोक्माले सँधै नैतिकताको भारी अड्याउन सक्ने त्यो
वशन्तको बल्दो तापमानमा नि अरुको दु:खको भुंग्रो ताप्ने यो
अरुको बेदना र पिंडाको जाडोले आफू लुगलुगी काप्ने त्यो
ऊ जीवन चिन्दछ, यो किन्दछ तर भित्तोबाहेक केही देख्दैन ।। २
उसका लागि यो लम्फू छ, यसका लागि उ पाखे छ
उसको निष्कलंक मन छ, यसको लुब्धताको च्याँखे छ
यो पागलजस्तै छ, सुधार्नु छ, अत्यन्तै गतिछाडा छ
मेलमिलाप संभव नहुने यिनीहरुबीच अजंगको डाँडा छ
उताको त्यसैलाई संसार देख्छ तर यो भित्तोबाहेक केही देख्दैन ।। २
व्यवहारिक पठनशालामा समस्याका अनेक पोकापुन्तरा फुकाउँदै
एक दिन जानुछ सम्झेर कर्तव्य र उपकारमै मूल्य ज्यादा चुकाउँदै
एउटा सृष्टि चलाउने शक्ति र संसार देख्छ, अर्कोको धुमिल छ मन
बोझ थामिदिने मातृभूमि उनै हुन् तर कति फरक छ जीवन ?
ऊ सदा विश्वबन्धुत्व सम्झन्छ तर यो भित्तोबाहेक केही देख्दैन ।। २
................................................भित्तोबाहेक केही देख्दैन ।। २
------------
मध्य वर्षायाम चलेको, बाहिर झमझम झरी परेको पल …२
गजधुम्म बिछ्यौंनामै पल्टिएर झ्यालबाट संसार चियाएँ
तपतप…धरधर…प्याटप्याट… अलि परसम्म नजर डुलाएँ
छरितो ज्यान, लामो केश, झरीमा रुझ्दै सल्बलाउने उनी देखेर
तिमी रुझ्यौ कि भन्ने चिन्ताले मलाई सतायो ।
चियाको चुस्की छोडेर अलिक ध्यान उतैतिर लगाएँ…२
हो त, गुलाबी पहिरनमा सजिएर मेरो नजर खिच्ने त
अनि मन्द झरीमा रुझेर आनन्द लिँद जिस्क्याउँदै
मेरो नयनको प्यासी बनी सल्बलाउने त तिमी नै पो रहिछ्यौ
इष्र्या गरेँ प्रकृतिको, तिमी रुझ्यौ कि भन्ने चिन्ताले अझै सतायो ।
हत्तपत्त बोलाउँदै आँखी झ्यालबाट फुत्त मुन्टो निकालेँ …२
बलेसीमा चुहिरहेका तप्पतप्प तप्केनीसँगै मेरो आवाज बिलायो
तर, मेरा नयनहरु व्यस्त थिए तिमीलाई एकटक लगाउन
तैपनि सकिरहेका थिएनन् स्वयं तिमी हौं भन्ने विश्वास जगाउन
शरण परेँ प्रकृतिको तिमी रुझ्यौ कि भन्ने चिन्ताले फेरि सतायो ।
भगवानले गजबको संयोग ने जुराएछन् कि भन्ने आशै-आशमा …२
मेरीजस्तै लाग्ने तिम्रो शुन्दर शरीरको सुवासको बखान गरेँ
वाहीवाही गरे मेरा सबै ज्ञानेन्द्रिय र तिमीप्रति सल्बलाएका भावनाले
झरीसँगै केशबाट चुहिएका थोपाथोपाले तिम्रा अङ्गअङ्ग चुमेको देखेर
विरोध गरेँ प्रकृतिको, तिमी रुझिछ्यौ भन्ने चिन्ताले मलाई झन सतायो ।
मनभित्र आगो दन्कियो कस्तो निष्ठुरी प्रकृति तिमी भन्ने हेक्का नराख्ने
कस्तो अटेरी र लाजपचेको प्रकृति, मेरी भनी बिसे्रर आफैं सीमा नाघ्ने
कताकता मेरा क_िन्सरीका रौं ठडिए, मुटु र कलेजी च्वास्स चस्कियो
तैपनि तिमीलाई छिट्टै नै आफ्नो बनाउने विश्वासमा म हौसिएँ
औंला ठड्याएँ प्रकृतिलाई, तिमी रुझिछ्यौ भन्ने चिन्ताले झन् सतायो
मनभरी हर्ष र भावुकता लिएर लिस्नो ओर्लेर सित छिचोल्दै निस्किएँ…२
तर, कहीकतै तिमीलाई पाइन, फगत प्रकृति तप्प॥तप्प॥आवाज दिन्छ
विपनाभित्रको सपना पो रैछ क्यारे, यस्तै सोचेर यताउता हेर्दै टोलाएँ
आशाको दियो निभेन, तिमी नै हौ ठोकुवा गरेर मनले बतायो
क्षणमै प्रकृतिले लुकायो, तिमी रुझिछ्यौ भन्ने चिन्ताले थप सतायो
अहँ यस्तो हुनै सक्दैन तिमी नै हौ, मनको प्रतिध्वनीसँग म झस्केँ …२
तिमीबिनाको त्यो क्षण, कल्पना गर्दै केहीबेर म आफैंमा छटपछिएँ
अचानक ! केही टाढा बगिरहेको खहरेको अजङ्ग भेलमा नजर अडियो
खैलाबैला अनि भीडमाझ एउटा क्रुर र अकल्पनीय दृष्य देखेर
प्रकृतिमाथि नै प्रश्न, तिमी कहाँ छ्यौ भन्ने चिन्ताले पागल बनायो
गहभरी आँशु र भारी मन लिएर छेवैमा पुगेँ र टक्क नजर अडाएँ
उही तिमीजस्तै लाग्ने लामो केश अनि गुलावी पहिरनमा सजिएकी
अघिजस्तो हल्का रुझेकी अनि भर्भराउँदी युवती होइन, निकै कुरुप बनेकी
मेरो मुटु एक्कासी फुलेर आयो, धड्कन बढ्यो, शव्द किलकिलेमै अड्कियो
क्रुर प्रकृतिलाई सरापेँ ! कतै तिमी नै त होइनौं चिन्ताले आघात बनायो
मैले तिमीजस्तै लाग्ने ती युवतीको चेहेरा हेर्ने आँटै गर्न सकिन …२
हल्का झरी बनेर तिम्रो बैंशमा बैंश थप्ने प्रकृति क्रुर बनिछन् क्यारे
संकेत मिल्यो, एकैछिनमा अँध्यारो अनि छिनमै घुर्मेलो मौसम
बल्ल-बल्ल अडिएर लुगलुग काप्दै तिम्रो अनुहार आफूतिर फर्काएँ
मुर्छा परेर बर्बराउँदै ढलेँ, यो जुनीमा सदाका लागि तिम्रो आश मेटाएँ
प्यारी तिमी फर्किन्नौं भन्ने चिन्ताले आफ्नै प्राण निभाए…२

छुवाछुत
भाँडाकुँडा बनाउँदछन् तिनै जातले त्यो चाँहि किन चल्दछ
हेलाका दृष्टिले हेर्दामा जसको पक्कै आत्मा जल्दछ
बनाउँदा परिश्रमी हातहरुले प्रयोग छ समस्त जनमा
नाना वस्त्र आभूषणहरु सोभित छन् यो तनमा ॥
वस्त्र सिउँछन तिनै हातहरुले त्यो चाँहि आङमा चढदछ
त्यसैले त सर्वत्र लोकमा शोभा अति बढ्दछ
घण्टा सकल मन्दिरमा उसैका परिश्रम देवको पाठ गर्न
बन्देज लगाइन्छ उसैलाई जहाँ इश्वर नजिक पर्न ।
छालाका सररमानहरु सबले भिर्दछन् अङ्गअङ्गमा
बनाउने त आखिर उसले नै हो नि किन भेद रङ्गमा
अघि उसैलाई लाइन्छ पथमा हुन्छ कार्य शुभ भिन
चोट आधात दमन र विरोध कुवा धारा छुँदापिन
देह सृष्टि समाज समस्त जनको काटे आउँछ रगत
पट्टि अन्धविस्वासको ढाक्यौं भने नेत्र कुभलो छ जगत
मनुज जनको यो आत्मा ज्योति छोप्या छ कालो मेघले
कस्तो दम्भ यो मानव जनको यही प्रश्न सोध्या छन् इशले
इशको नयनमा प्रत्यक्षमात्र दुई जात छन् प्राणिका
ति हुन स्त्री पुरुष भनिन्छ केवल दुवै समान श्रेणीका
धर्तीमा प्रथम पद सबको आमाको कोखबाट
मात्र हुन्छ कसैको बलियो कसैको कमजोर ललाट
त्यो पनि चाँहदैमा होइन भनिन्छ भाविको देन
क्र्मले पनि खेल्दछ भूमिका हुनलाई भविष्य चयन
अन्धकार जनताका मनमा दियो चेतनाको किन बल्दैन
थुकले टिपीटिपी सिएका बस्त्र चल्दा किन पानी चल्दैन
कालो धब्बा भेदभावको अन्त्य नहुँदा सम्म ज्ञानले
अविरल रुपमा पानी चल्दैन भनी रहन्छ मनले
अविरल रुपमा पानी चल्दैन भनी रहन्छ मनले
……………………………॥भनी रहन्छ मनले
No comments:
Post a Comment